Wednesday, December 16, 2015

महिलालाई 'सेल्फ डिफेन्स'को तालिम

पुस १, २०७२- सहरमा महिलाको सुरक्षाको कुरा लामो समयदेखि चासोको विषय रहदै आएको छ । सार्वजनिक सवारी, खुला स्थल र भीडभाडमा महिलामाथि हुने याैन दूर्व्यवहारका समाचार पिन आउने गरेका छन् । यो समस्यासँगै यसबाट जोगिने उपायको खोजी भइरहेको छ । यसैक्रममा पारात्रण नामक संस्थाले आज केही महिलाहरुलाई सार्वजनिक स्थलमा आफ्नो सुरक्षा कसरी गर्ने भनेर एक दिने तालिम दियो । यो तालिममा महिला तथा बालबालिका मन्त्रालयका महिला कर्मचारीहरु सहभागी भए । तालिममा यौन दुर्ब्वाहरबाट कसरी बच्ने भन्ने उपायहरुका साथै आत्मसुरक्षाका उपाय पनि सिकाइएको थियो ।

No comments:

Post a Comment