Saturday, December 19, 2015

अब फिल्म हलमा राष्ट्रिय गान अनिवार्य

मंसिर १६, २०७२- फिल्म चल्नुअघि अब फिल्महलमा राष्ट्रिय गान अनिवार्यरुपमा बजाउनु पर्ने भएको छ । चलचित्र विकास बोर्डले यस्तो निर्णय गरेको हो । पञ्चायतकालमा फिल्ममा अनिवार्य राष्ट्रिय गान बजाउनु पर्ने नियम थियो । प्रजातन्त्र आएपछि यो नियम हटाइएको थियो । केहीसमय अघि पनि यस्तो नियम ल्याउने चर्चा चलेपनि ल्याइएको थिएन । बोर्डले आज विज्ञप्ति जारी गर्दै 'एकता र राष्ट्रियताको सन्देश प्रवाह गर्ने सन्दर्भमा नेपालभरका सबै चलचित्रघरहरूमा चलचित्र प्रदर्शन शुरु हुनु अगावै राष्ट्रिय गान बजाउने व्यवस्था गर्ने' निर्णय भएको जनाएको हो । बोर्डले मल्टीप्लेक्सहरुमा समेत बजाउन मिल्ने गरी राष्ट्रिय गानको श्रव्यदृश्य सामाग्री निर्माण गरि चलचित्र घरहरुमा पठाइने समेत जनाएको छ । बोर्डले गत बर्ष रिलिज भएका मध्ये 'सुनपानी' र '१२ नेपाली एक चिहान' लाई विशेष फिल्मका रुपमा छनोट गरेको छ । बोर्डको मध्यस्थतामा यसअघि नै नेपाली फिल्मका निर्माताले मल्टिप्लेक्सले पहिलो साता सेयर ५० प्रतिशत पाउने र नेपाली फिल्मको दुई सातासम्म निशुल्क ट्रेलर बजाउने सहमति भएको थियो ।

No comments:

Post a Comment